अन्तरिक्षमा स्याटेलाइट, समुन्द्र हुँदै नेपालकै इन्टरनेट


 


काठमाडौं । अन्तरिक्ष र समुन्द्र दुवै ठाउँमा नेपालको पहुँच छैन । अन्तरिक्षमा नेपाललाई छुट्याइएको ‘स्लट’मा अहिलेसम्म स्याटेलाइट पुर्याउन सकिएको छैन । भूपरिवेष्ठित देश भएकाले व्यापारका लागि छिमेकी देशको भर पर्नुको विकल्प छैन ।

यी दुवै ठाउँमा अहिलेसम्म पहुँच नभएपनि पछिल्लो समय त्यसका लागि प्रयास भने जारी छ । त्यतिमात्र होइन त्यो प्रयासले एउटा नतिजासमेत पाउन थालेको छ ।

अन्तरिक्षमा नेपालको प्रवेशको ढोका नयाँ वर्षको पहिलो हप्ता नै खुल्दैछ । आकारमा सानो भए पनि नेपाली झन्डासहितको नानो स्याटेलाइट वैशाख ४ गते अन्तरिक्षमा पठाइँदैछ ।

अन्तरिक्ष मात्र होइन समुन्द्रमा आफ्नै केबल बिच्छ्याएर देशका लागि आवश्यक इन्टरनेट ल्याउनसमेत प्रयास सुरु भएको छ । गोरखापत्र दैनिकबाट ।

प्रकाशित मिति: २२ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्