उदाहरण वन्दै इटहरीकै पुरानो विद्यालय जनता स्कुल


 


इटहरी/ सरकारी विद्यालयमा सुधारका प्रयास सुरु गर्ने हो भने विद्यार्थीहरुको आकर्षण वन्न सक्ने उदाहरण वन्दै छ इटहरीकै पुरानो विद्यालय जनता स्कुल । जनता नमूना माध्यमिक विद्यालयले आगामी शैक्षिक शत्र देखि अँग्रेजी माध्यमवाट कक्षा संचालन गर्ने भएपछि जनतामा विद्यार्थीहरु आकर्षित भएका छन । कक्षा ४ देखि ९ सम्म अग्रेजी माध्यमका छुटटै कक्षा संचालनका लागि एउटा कक्षामा ४० जनाका दरले २सय ४० जना विद्यार्थी आवश्यक पर्नेमा ९सय ६ जना विद्यार्थीले फारमम भरेका छन ।

फारम भर्नेमा ९५ प्रतिशत भन्दा वढि नीजि विद्यालयका विद्यार्थी रहेको जनता नमूना माध्यमिक विद्यालय संचालक समितिका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिनुभयो । जनता माविको अग्रेजी ब्लकमा २सय ८ जनाले, जनता माविको अग्रेजी ब्लकमा ३सय १५ जनाले र कचना स्कुलमा ३सय ८३ जना विद्यार्थीले भोली प्रवेश परीक्षा दिदै छन । विद्यार्थीहरुको आकर्षणले आफूहरु उत्साहित वनेको संचालक समिति अध्यक्ष दंगालले वताउनुभयो ।

अग्रेजी माध्यमवाट पठन पाठनका लागि तयारी तिव्रताका साथ गरिरहेको उहाँले जानकारी दिनुभयो । सवै कक्षाकोठाहरुमा स्क्रिनटच सहितको स्मार्टवोर्ड र प्रोजेक्टर जडान गरिसकिएको छ । ४९ वटा कम्प्यूटर सहितको ल्याव तयार गरिदै छ । पठन पाठनका लागि कम्प्यूटर इन्जिनियर सहित स्नातकोत्तर उर्तिण शिक्षकहरु छनौट गरिसकिएको छ । यातायातका लागि वस खरिद गरि सकिएको विद्यालयले जनाएको छ । नेपाली माध्यमको स्कुलमा समेत यो बर्ष देखि अग्रेजी ल्याव स्थापना गरिने भएको छ ।

विद्यार्थीहरुलाई वुझन सजिलो होस भन्नका प्रयोगात्मक ढंगले अध्यापन गराउन ल्याव स्थापना गर्न लागिएको वताइएको छ । अध्यक्ष दंगालले भन्नुभयो विद्यार्थीलाई अर्नाको विषयमा पढन पाठन गराउदा अर्नाको भिडियोनै देखाएर अध्यापन गराइने छ । जनता स्कुल नमूना विद्यालयका लागि छनौट भएको विद्यालय हो । जनता स्कुललाई नमूना विद्यालय वनाउन संघीय सरकारले ३९ करोड,इटहरी उपमहानगरले ८लाख र प्रदेश सरकारवाट ६ लाख ५० हजार वजेट छुट्टिएको छ ।

प्रकाशित मिति: २२ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्