यी हुन् प्रदेश १ संसदीय समितिका सात सभापति


 


विराटनगर, चैत २१
प्रदेश १ को संसदीय समितिको नेतृत्व चयन भएको छ । सात वटा संसदीय समितिमध्ये ६ वटामा सत्तारुढ नेकपाले र लेखा समितिमा प्रमुख विपक्षी काँग्रेसले एक–एक जना उम्मेद्वार बनाएर दर्ता गरेपछि सबै समितिको सभापति निर्विरोध चयन भएका हुन् ।

सभापतिको बिहीबार मनोनयन दर्ता भएको थियो । न्याय, प्रशासन तथा विधायन समितिको सभापति पदमा धनकुटाका नेकपाका सांसद इन्द्रमणि पराजुली, सुशासन तथा योजना समितिको सभापति पदमा झापाका नेकपाकै सांसद् अर्जुन राई, अर्थ समितिमा ओखलढुंगाका मोहनकुमार खड्का, सामाजिक विकास समितिमा संखुवासभाकी सरिता थापा, उद्योग, पर्यटन तथा वातावरण समितिमा पाँचथरकी सीता थेवे र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको सभापतिमा सुनसरीका सर्वध्वज साँवा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

उनीहरुमध्ये खड्का र थेवे पूर्व माओवादी तर्फका र बाँकी पूर्व एमाले पक्षका हुन् । सार्वजनिक लेखा समिति सभापतिमा काँग्रेस मोरङका सांसद् शिवनारायण गनगाइँ चएन भएका छन् ।

प्रकाशित मिति: २२ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्