एनआईसी एसिया बैँकले ल्यायोे १८ घातक रोगहरुको १५ लाख बराबरको बिमा


 


दमक, चैत्र २२

एनआईसी एसिया बैँकले १५ नयाँ चमत्कारिक बचत निक्षेप योजना सार्वजनिक गरेको छ । बैङ्कले २१ बर्ष पुरा गरी २२ बर्षमा प्रवेश गरेको अवसरमा आम जनमासमा बचत गर्ने बानीलाई अभिबृद्धि गर्न विभिन्न १५ योजना सार्वजनिक गरेको हो ।

जसमा चमत्कारिक बचत खाता , चमत्कारिक नारी बचत खाता ,चमत्कारीक जेष्ट नागरीक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता ,चमत्कारीक विद्यार्थी बचत खाता ,चमत्कारीक स्वरोजगार बचत खाता र कर्मचारीहरुलाई मध्यनजर गरी चमत्कारिक तलब बचत खाता ल्याएको छ । उल्लेखित बचत योजनाहरुमा ग्राहकले रु १५ लाख सम्मको दुर्घटना बिमा र रु १५ लाख सम्मको १८ घातक रोगहरुको बिमा तथा १ लाख ५० हजार बराबरको अ‍ैषधी उपचार बिमा समेत पाउने एनआईसी एसिया बैङ्क उपक्षेत्रिय कार्यलय दमकका प्रमुख दिपक थापाले बताउनुभयो ।

माथी उल्लेखित बचत खाता खोल्न बैङ्कका मुलुकभर रहेका २८१ वटै शाखा कार्यलयबाट खोल्न सकिने एनआईसी एसिया बैङ्क दमकका ब्यवस्थापक बेनुराज सुब्बाले बताउनुभयो । नेपालमै पहिलोपटक कधभभउ ष्ल (कधभभउ यगत को सुबिधाबाट बचत खातामा मुद्धती खाताकै सुबिधाहरु पाइने बैङ्कका चुडामणिा सापकोटाले बताउनुभयो ।

प्रकाशित मिति: २२ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्