‘भद्रगोल’को प्रसारण युट्युबबाट किन रोकियो ?


 


काठमाण्डौँ । हरेक शुक्रबार साँझ नेपाल टेलिभजनबाट प्रसारण हुने हास्य टेलिश्रृंखला ‘भद्रगोल’ सर्वाधिक रुचाईएको टेलिश्रृंखला हो । लाखौं नेपाली भद्रगोलको नयाँ एपिसोड हेर्ने आशमा शुक्रवारको व्यग्र प्रतिक्षामा हुन्छन् ।

समयसीमाभित्र बाँधिनु नपर्ने हुँदा पछिल्लो समय युट्युबमा समेत भद्रगोलको प्रतिक्षा हुनेहरुको पनि लाखौंको जमात छ । युट्युबमा सर्वाधिक हेरिने हास्य टेलिश्रृंखला ‘भद्रगोल’ शुक्रवार साँझ युट्युबबाट भने प्रसारण भएन ।

भद्रगोलको २०५औं श्रृंखलामा ‘एपि वान’ टेलिभिजनबाट प्रसारण हुने ‘को बन्छ करोडपति’को सामग्री समावेश गरिएको रहेछ । सम्बन्धित निकायको आधिकारिक सहमतिपत्र प्राप्त भएपछि मात्रै युट्युबमा प्रसारण गर्नेछौं भन्ने ३० सेकण्डको सूचनाले ‘भद्रगोल’का युट्युब दर्शकको हाँस्ने चाहनामा पूर्णविराम लगाइदिएको छ ।

विडम्वना केही युट्युव संचालकले भद्रगोलको आधिकारिक सूचना सार्वजनिक हुँदा हुँदैपनि नेपाल टेलिभिजनमा प्रसारण भएको भद्रगोलको २०५औं श्रृंखला आफ्नो च्यानलबाट सार्वजनिक गरिदिएछन् । यसबारे कस्तो कदम चाल्ने त्यो निर्णयबारे भद्रगोल निर्माण युनिटले नै सोच्ला । तर गैरकानुनी ढंगले यसरी अरुको सम्पतिको प्रयोगगरी लाभान्वित हुने छुट कसैलाई छैन ।

प्रकाशित मिति: २३ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्