उदयपुरमा भन्सार छली ल्याइएको कार भन्सारकै जिम्मा


 


उदयपुर चैत २८
भन्सार छली नेपाल ल्याइएको करलाई भन्सारको जिम्मा लगाइएको छ। NL063114 भारतीय नम्वर प्लेट भएको रातो रङको जेठ हुन्डाई लेखिएको सेन्ट्रो कार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरले भन्सारको जिम्मा लगाएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव निरीक्षक मधुकमार थापाका अनुसार गएको सोमबार गाइघाट कदमाहा सडक खण्डको लालपत्ताबाट पक्राउ गरिएको थियो।

‘बेवारिसे अवस्थामा सडकमा बरामद गरिएको थियो’, उनले भने, ‘प्रहरी कार्यालयमा कारको धनी हालसम्म सम्पर्कमा नआएको र अनुसन्धान गर्दा उक्त कार भन्सार छली चोरी निकासी गरी ल्याएको पाइयो।’ उनले कार गाडी आवश्यक कारवाहीको लागि बिहीबार भन्सार कार्यालय सेतुबन्धु कोशी ब्यारेज सुनसरी पठाइएको बताए।

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्