इटहरीमा पहिलो पटक हि–पप सांगीतीक कार्यक्रम हुने


 


इटहरी । आखिर गीत संगीत सुन्ने रहर कसलाइ पो हुँदैन र ! त्यसमा पनि अनेकतामा एक भने झैँ आधुनिक, पप र रक बाहेक छुटटै शैलीको आभाष दिने अर्को विद्या हो हि पप रयाप । झट्ट सुन्दा अलिक पृथक लाग्ने सामान्य गीत भन्दा फरक शैलीको रयाप गीत विशेष गरी युवा पुस्ता माझ अझ धेरै लोकप्रिय भएको पाइन्छ ।

यसे बिच सुनसरीकाे इटहरीमा २०७५ सालको विदाई गर्दै २०७६ लाई स्वागत गर्न पहिलो पटक हि पप सांगीतीक कार्यक्रम हुने भएको छ । ट्र्याप नेपालको आयोजनामा चैत्र ३० जनता मावीको खेल मैदानमा हिपप सांगीतीक कार्यक्रम हुने भएको हो ।

पछिल्लो समय निक्कै लोकप्रिय बन्दै गएको हिपप युवाहरुको लागी भावना व्यक्त गर्ने माध्यम बनीरहेको कार्यक्रम संयोजक रवी श्रेष्ठले जानकारी दिए । प्रदेश १ मा पहिलो पटक इटहरीबाट हिपप कन्र्सट आयोजना गरिन लागेको आज इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

नयाँ बर्षको शुभकामना आदान प्रदान गर्ने उदेश्यले यस प्रकारको सांगीतीक कार्यक्रमको आयोजना को तयारीमा ट्रयाप नेपाल रहेको बताईएको छ ।नयाँ वर्षको अवसरमा चर्चित र्यापर समिर घिसिङ (भिटेन) को प्रमुख प्रस्तुती रहने छ ।

कन्र्सटको मुख्य सपोर्टर टुवोर्ग बियर रहेको छ भने कन्र्सट साझ ५ बजे देखि राति ११ बजे सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । उक्त कन्र्सटमा स्थानिय कलाकार जिरो ग्य्राविटी क्रु ब्यान्डका सरोज श्रेष्ठको पनि प्रस्तुती रहने बताईएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्