कर्णालीका गायक सर्बिन र पोखरेली गायिका समिक्षा भाइरल, ‘व्युटी–व्युटी’ले ततायो बजार (भिडियोसहित )


 


काठमाडौं, चैत्र ३०
कर्णाली प्रदेशको विकट क्षेत्र घर भई काठमाडौंलाई कर्मभूमी बनाएका गायका सर्बिन बोगटी र पोखरेली गायिका समिक्षा अधिकारी अहिले भाइरल भएका छन् ।

उनीहरुको भर्खरै बजारमा आएको गीत ‘व्युटी व्युटी’ बोलको गीत युटूबको ट्रेंडिङमा परेपछि सर्बिन र समिक्षा भाइरल बनेका हुन् । बुधबार दिउँसो ४ बजे युटूबबाट सार्वजनिक गरिएको गीत त्यसको केही घण्टामै ट्रेंडिङमा पर्न सफल भएको हो ।

गायक तथा संगीतकार टंक बुढाथोकीको संगीत रहेको यो गीतमा बाल गायिकासमेत रहेकी समीक्षा र सर्बिनको स्वर रहेको छ । समिक्षाले चलचित्र ‘नाई नभन्नु ल ५’ को गीत ‘‘फेरि कहाँ आउँछ र घुमेर’ बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेकी थिइन् । गीतमा सगोत्री आचार्यको शव्द रहेको छ ।

लोक लयको रससमेत रहेको यो गीतमा अभिनय सुनिल क्षेत्री र सृष्टि खड्काको रहेको छ । उक्त म्यूजिक भिडियोको निर्देशन शिशिर श्रेष्ठले गरेका हुन् ।

आफ्नो स्वरमा रहेको गीत चर्चित बनेपछि गायक सर्बिन बोगटीले युवा पुस्ताको आकांक्षाअनुसारको गीत बनेपछि सबैले रुचाएको बताए ।  छोटो समयमै दर्शक र श्रोताको मन जित्न सफल गीत शनिबारसम्म युटूबको ट्रेंडिङ नम्बर १६ मा छ । गीतले चर्चा बटुल्दै गइरहेको छ ।

भिडियो हेर्नुहोस्…

https://www.youtube.com/watch?v=ppjRU6hZcv0&feature=share&fbclid=IwAR0wC0t0VgiHD1l2Kg6Q9NHJJkedsLAqImHIh_BmtV5KrflNa8CUA2A5Rko

प्रकाशित मिति: ३० चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्