नेपालका सन्दीप लामिछाने दिल्लीको प्लेइङ – ११ मा आज पनि अटाएनन्


 


काठमाडौं । १२ औं संस्करणको इण्डियन प्रिमियर लिगको ३० औं खेलमा दिल्ली क्यापिटल्सको प्लेइङ – ११ मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अटाएका छैनन् ।

सन्दीप आबद्ध दिल्लीले आइतबार सनराइजर्स हैदरावादको सामना गरिरहेको छ । टस हारेर दिल्लीले ब्याटिङ गरिरहेको छ । पछिल्ला चारै खेलमा स्थान बनाएका नेपाली युवास्टार सन्दीप यसअघि शुक्रबार भएको कोलकतासँगको खेलमा पनि प्लेइङ – ११ मा परेका थिएनन् । उनी समावेश प्रत्येक खेलमा विकेट लिएका सन्दीपले उत्कृष्ट बलिङ गर्न नसकेपछि दिल्लीले सन्दीप टिम नपरेका हुन् ।

सुरुआती २ खेलमा किफायति बलिङ गरेका उनी पछिल्ला खेलमा भने महंगो सावित भएका थिए । सन् २०१८ को आइपीएलबाट डेब्यू गरेका सन्दीपले यो सिजनमा ५ विकेट लिएका छन् ।

उनी आबद्ध दिल्ली ७ खेलमध्ये ४ मा जित र ३ मा हारसहित ७ अंकका साथ चौंथो स्थानमा छ भने हैदरावाद ६ खेलमा ३ मा जित र ३ मा हारसहित ६ अंकका साथ लिगको छैठौं स्थामा छ ।

प्रकाशित मिति: १ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्