सिरुवा पर्वको अवसरमा प्रधानमन्त्रीको शुभकामना


 


काठमाडौं, बैशाख २

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नेपालको झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा मनाइने सिरुवा पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देश जारी गर्दै पूर्वी नेपालमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु, गनगाईं, माझीलगायतका जातजातीहरुले मनाउने सिरुवा पर्वका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने त्यस समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।

शुभकामना सन्देशमा प्रधानमन्त्रीले नेपाली मौलिक चाडपर्वलाई मितव्ययी ढंगले मनाउनुपर्ने बताउँदै सबै जातिका मौलिक परम्पराको संरक्षण गर्न सरकार सकारात्मक रहेको उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्