तत्कालिन माओवादी केन्द्रका केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश


 


बैतडी । नेकपाको कार्यशैलीमा चित्त नबुझेको भन्दै मओवादी केन्द्रका केन्द्रिय सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य समेत रहेका बैतडी पर्चौडी नगरपालिका ५ का मनोज बिक नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको उद्घाटन समारोहमा उनलाई नेपाली कांग्रेसमा पार्टी सभापति एवम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराउनु भएको हो ।

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्