बालुवाटारमा ओली, दाहाल र नेपाल


 


काठमाडौं । पार्टी एकतालाई लिएर सम्बन्ध चिसिएको भनिएका बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्प कमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले सोमबार साँझ छलफल गरेका छन्।

छलफलका लागि ओलीले दाहाल र नेपाललाई साँझपख आफ्नो निवास बालुवाटार बोलाएका थिए। स्रोतका अनुसार करीब डेढ घण्टा चलेको छलफलमा ओलीले पार्टी एकताको गाँठो फुकाउन ढिलो गर्न नहुने बताएका छन्।

अध्यक्ष दाहाल त्यसमा सहमत भए पनि नेता नेपालले पार्टीले तय गरेको मापदण्ड अनुसार नै एकता प्रक्रिया अघि बढाउनु पर्ने सुझाव दिएका छन्। ‘खासगरी भागवण्डाकै कारण पार्टी एकता रोकिएको हो। तर पनि नेता नेपाल आफ्ना पक्षकालाई जिल्ला र स्थानीय तहमा बराबर जिम्मेवारी नदिएसम्म मापदण्डकै कुरामा जोड दिने मनस्थितिमा हुनुहुन्छ’, स्रोतले भन्यो।

एकताका लागि गृहकार्य गर्ने भन्दै गत बिहीबार ओली, दाहाल, पार्टी महासचिव विष्णु पौडेल, सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल चन्द्रागिरी पुगेका थिए।

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्