माछापुच्छ्रे बैंकको ‘एक व्यक्ति एक खाता योजना’


 


काठमाडौं, बैशाख ४
माछापुच्छ्रे बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाताअभियान, २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ल्याएको छ । कुनै पनि बैंक वा वित्तीय संस्थामा खाता नभएका व्यक्तिको हकमा उक्त योजना बैंकले सुचारु गरेको जनाएको छ । उक्त खाता खोले बापत बैंक स्वयंले रु. १०० खातामा जम्मा समेत गरिदिने जानकारी दिएको छ ।

५ प्रतिशत आकर्षक वार्षिक ब्याजदर प्रदान गरिने भनिएको यस खाता खोल्न निकै सहज छ । नेपाल सरकारले जारी गरेको कुनै पनि फोटो सहितको परिचयपत्र देखाएर उक्त खाताखोल्न सकिने बैंकले जनाएको छ । बैंकको देशभर रहेका जुनसुकै शाखा वा ग्राहक सेवा केन्द« मार्पmत उक्त खाता खोल्न सकिने व्यस्था रहेको बैंकले जानकारी दिएको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९९ वटा शाखाहरु र ८३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १८२ स्थानवाट ग्राहकहरुमा बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १२१ वटा एटीएमहरु संचालनमा रहेको छ ।

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्