यहाँ भत्ता सहित सित्तैमा बाख्रापालन तालिम पाइन्छ


 


काठमाडौं  बाख्रा–कुखुरा तालिमको नाममा ठग हरूबाट जोगिन सुझाव । सितैमा व्यवसायिक बाख्रा पालन तालिम तथा उल्टै भत्ता पाउँनुस । हजारौ रूपैया असुलेर बाख्रा, कुखुरा र अन्य पशु पालन तालिम भन्दै ठगी गर्नै देखी साबधान । अहिले बाख्रा पालन र अन्य पशु पालन तालिम भन्दै हजारौ रूपैया पैसा असुलेर तालिम दिने ठगहरू च्याउ सरी उम्रिएका छन । तिनीहरूबाट सावधान हुनुहोस । अहिले यिनीहरूबाट ठगिको सिकारमा पर्नै सबै भन्दा बढी बिदेशबाट फर्केर आउने युवा युवती पनै गरेका छन । र, उनीहरूको तार्गैट पनी बिदेशबाट फर्केकाहरु नै हुन ।

कतीले आफै बाख्रा फार्ममा तालिम भन्दै सात हजार असुल्दै आएका छन् । दिन डाहाडै ठगिको धन्दा चलाई रहेका यस्ता व्यक्तिबाट सावधान हुन अनुरोध छ । अर्कौ थरिले पार्टी प्यालेस नै बुक गरेर पनि तालिम दिदै आएका छन् । १, २ जना निजी स्तरका बाख्रा–कुखुरा संग सम्बन्धीत मान्छेलाई लिएर यस्तो किसिमको ठगीको धन्दा देसैभरी सञ्चालन भईरहेका छन् । नत यिनीहरूले दिएको ज्ञन पूर्ण हुन्छ नत यिनीहरूले बाडेको सर्टिफ़िकेटको नै केही भ्यालु हुन्छ । सरकारी अनुदान पाउन होस वा बैक बित्तिय संस्थाबाट ऋण लिन, सरकारी स्तरबाट संचालित ब्यबसायीक तालीम लिएको प्रमाण पत्र पेस गर्नु पर्छ । त्यती बेला मात्र आफू ठगिएको महसूस हुन्छ । जती बेला हजारौ पैसा तिरेर ल्याएको सर्टिफिकेटले काम गर्दैन । अब यस्ता बकनफूसे कुराको पछी नलाग्नु होस ।

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्