धरान जेसिजले मिस एसईई २०१९ आयोजना गर्ने


 


सुनसरी । धरान जेसिजले यस वर्ष पनि टेस्टी टेस्टी मिस एस ई.ई २०१९ आयोजना गर्ने भएको छ । अन्तराष्ट्रियस्तरमा परिचित युवाहरुको व्यक्तित्व र नेतृत्व बिकासमा सक्रिय संस्था जेसीआई ईन्टरनेश्नलसँग सम्बन्धन प्राप्त संस्था धरान जेसीजले एस ईई परिक्षा दिएर बसेका छात्राहरुलाई जीवन उपयोगी विभिन्न तालिम प्रदान गरि उनीहरु भित्रको ज्ञान क्षमता अभिवृद्धि गर्दै सिप र दक्षताको पनि प्रयोग सिकाउने उदेश्यले आयोजना गर्न लागिएको मिडिया कोओडिनेटर सन्जु राईले बताईन् ।

मिडिया कोओडिनेटर राईको अनुसार भोलि बैशाख ८ गते धुलिखेल समाज धरानमा अडिशन हुने भएको छ । भुपु अध्यक्ष क्लबको संयोजन रहेको उक्त मिस एस ई ई को अडिशनबाट ३० छनौट गरिने अध्यक्ष मनिष शाहीले बताएका छन् । अध्यक्ष शाहीका अनुसार २०७५ सालको एस ईई परिक्षा दिएको, १४ देखि १९ वर्ष सम्मको उमेर, उचाई कम्तिमा ५ फिट, अविवाहित छात्राले अभिभावकको मन्जुरीनामा भएर अडिशनमा सहभागिता जनाउन सक्ने छन् ।

यसैगरी मिस एस ईईको अडिशनबाट छनौट भएका छात्राहरुलाई बन्द प्रशिक्षण मार्फत व्यक्तित्व बिकासको निम्ति करिब दुई दर्जन जीवन उपयोगी व्यहारिक तालिम प्रदान गरिने क्रिएटिभ डाईरेक्टर तथा भुपु अध्यक्ष मानभगत चाम्लिङ राईले बताए । क्रिएटिभ डाईरेक्टर राईका अनुसार उनीहरुलाई लाईफ स्किल, उदघोषणकला, भाषणकला, महिला अधिकार, महिला स्वास्थ्य चेतना, सृजनात्मक लेखन, आर्थिक साक्षरता, नेतृत्वकला बिकास, सम्बध व्यवस्थापन (समाज, मिडिया), सकारात्मक सोच बिकास, गर्ल यु क्यान क्याटवाक रयाम्पवाक, डाईनिङ इटिकेट, प्राथमिक उपचार कोर्ष, आधारभुत पत्रकारिता तालिम, उत्प्रेरणा, विपद व्यवस्थापन, कार्यक्रम व्यवस्थापनलगायतका जिवन उपयोगी तालिम प्रदान गरिने साथै विभिन्न शैक्षिक, पर्यटकीय स्थल, औधोगिक भ्रमण समेत गराईने बताए ।

विभिन्न तालिम पश्चात ती सहभागि छात्राहरुबीच प्रतियोगिता आगामी जेष्ठ ४ गते धरानमा ग्राण्ड फिनालेको आयोजना गरि गरिने निवर्तमान अध्यक्ष अतुल श्रेष्ठले बताए । निवर्तमान अध्यक्ष श्रेष्ठका अनुसार ग्राण्ड फिनालेमा विजेता हुनेलाई मिस एस ईई–२०१९ को उपाधी, ताज, शील्ड, प्रमाण पत्र, नगद ४० हजार, एक थान मोवाईल सेट, क्वालिटीका प्रोडक्टहरुमा ब्राण्ड एम्बेसडरको रुपमा प्रवद्धन सहित कक्षा ११ र १२ को पूर्ण छात्रावृत्ति प्रदान गरिने छ । भने फस्ट रनरअपलाई ताज, शील्ड, प्रमाण पत्र, नगद ३५ हजार, कक्षा ११ र १२ मा ५० प्रतिशत छुटमा अध्ययन गर्ने अवसर प्रदान र सेकेन्ड रनरअपलाई ताज, शील्ड, प्रमाण पत्र, नगद ३० हजार, कक्षा ११ र १२ मा ५० प्रतिशत छुटमा अध्ययन गर्ने अवसर प्रदान गरिनेछ ।

यसैगरी अन्य उपाधी तर्फ मिस ट्यालेन्ट, मिस व्युटीफूल, मिस फ्रेन्डसीप, मिस क्याटवाक, मिस फोटो जेनिक, मिस डिसीप्लीन, मिस वेष्ट ड्रेसअप, मिस पर्सन्यालिटी, मिस पपुलर र मिस एक्टिभ घोषित गरि शिल्ड र प्रमाणपत्र प्रदान गरिने साथै प्रतियोगिताको टप टेनमा पर्न सफल प्रतियोगिलाई कक्षा ११ र १२ मा ५० प्रतिशत छुटमा अध्ययन गर्ने अवसर प्रदान छ ।

प्रकाशित मिति: ७ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्