यि हुन् प्रदेश १ का १४ जिल्लामा नेकपाका अध्यक्ष र सचिव (नामसहित )


 


मोरङ बैशाख  ९
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ ।

प्रदेश १ को ताप्लेजुङमा खेलप्रसाद बुढाथोकी,सुनसरीमा योगेन्द्र मण्डल ९पप्पु० ,उदयपुरमा विनोद कटुवाल ९दिनेश० खोटाङमा देवान चाम्लिङ र ओखलढुंगामा मोहन कुमार खड्का माओबादीका तर्फबाट अध्यक्ष बनेका छन ।

यसैगरी एमालेका तर्फबाट मोरङमा बिनोद ढकाल,झापामा चिन्तन पाठक,ईलाममा राम राना,धनकुटामा राजेन्द्र राई,तेह्थुममा लक्ष्मण तिवारी,संखुवासभामा हेमराज घिमिरे,भोजपुरमा प्रेमकुमार राई,सोलुखुम्बुमा मानवीर राई अध्यक्ष बनेका छन ।

सचिबमा भने ताप्लेजुङमा बलबहादुर साम्सोहाङ,पाँचथरमा होमप्रसाद जबेगु,ईलाममा सोममाया राई,झापामा मणिकुमार साम्पाङ,मोरङमा गोपीबहादुर अछामी,सुनसरीमा रमेश बस्नेत,धनकुटामा ऋषिराम ढुंगाना,तेह्थुममा ईन्द्रबहाुर ईमसुङ,संखुवासभामा कृष्णा याख्खा,भोजपुरमा बिमल खडका,खोटाङमा बबि चाम्लिङ,सोलुखुम्बुमा गोम्बु शेर्पा,ओखलढुंगामा मोन श्रेष्ठ र उदयपुरमा ईश्वरमणी राउत चयन भएका छन ।

इतबार बसेको नेकपाको सचिवालय बैठकले एकता पछिको जिल्ला नेतृत्व टुंग्याए पछि सोमबार नाम सार्बजनिक गरेको हो ।

७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ ।

प्रदेश १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्लाको नेतृत्व तत्कालीन माओवादीको भागमा परेको छ । त्यसैगरी गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ५, कर्णालाीमा ६ र सुदूरपश्चिममा ४ जिल्लाको नेतृत्व माओावादीको भागमा परेको छ ।

माओावदीको तर्फबाट अध्यक्ष भएको ठाउँमा एमालेको तर्फबाट सचिव रहने र एमालेको तर्फबाट अध्यक्ष भएको ठाउँमा माओवादीतर्फको सचिव हुने गरी सहमति गरिएको छ ।

प्रकाशित मिति: ९ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्