राष्ट्रपति विद्यादेवी भण्डारीलाई पछ्याउदै माधव नेपाल किन हान्निए चीन ? फेला पर्यो यस्तो तथ्य


 


काठमाडै बैशाख ११ । राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा गएकी छिन । बेइजिङमा हुने दोस्रो अन्तर्राष्ट्रिय बेल्ट एण्ड रोड इनिसिएटिभ्स बीआरआई फोरममा सहभागी हुन भण्डारी चीन प्रस्थान गरेकी हुन्।

९ दिने भ्रमणका क्रममा भण्डारी पाँच दिन बेइजिङमा बस्नेछिन्। दोस्रो कार्यकालका लागि राष्ट्रपति भएकी भण्डारी हालसम्म उत्तरी छिमेकी चीनको भ्रमण गरेकी थिइनन्।

सम्मेलनमा राष्ट्रपति भण्डारीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बेइजिङ भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीसँग भेट गर्ने कार्यक्रम छ। दुई समकक्षीबीच वान अन वान र द्विपक्षीय भेटवार्ता हुने बताइएको छ।

राष्ट्रपति भण्डारीको यो भ्रमण राजकीय हो। यसअघि तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले चीनको दुई पटक भ्रमण गरेका थिए। यद्यपि ती भ्रमण राजकीय थिएनन्।

यादवले बोआओ फोरम र सांघाइ कोअपरेशको सम्मेलनमा सहभागी हुन चीन भ्रमण गरेका थिए। यद्यपि गणतन्त्र स्थापनापछि बनेका हरेक जसो सरकारका प्रमुखहरु बेइजिङको भ्रमण गरिसकेका छन्। राष्ट्रपतिस्तरमा भने यो पहिलो राजकीय भ्रमण हो।

यस्ता छन् एजेन्डा
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी जिङपिङलाई औपचारिक रूपमा नेपाल भ्रमणको निम्तोसमेत दिनेछिन्। हालसम्म चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो प्रधानमन्त्रीमार्फत पटकपटक दिइँदै आए पनि सीले नेपालको भ्रमण गरेका छैनन्।

सम्मेलनमा हालसम्म ४० देशका सरकार तथा राष्ट्र प्रमुखहरुसहित १०० देशका प्रतिनिधिहरूले सहभागिता जनाउने प्रतिबद्धता जनाइसकेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा चीनको विदेश मामिला सम्बन्धी केन्द्रीय आयोगका निर्देशक याङ जेइछीले सिन्ह्वासँग दिएको अन्तर्वार्तामा यस्तो जानकारी गराएका हुन्।

सम्मेलन अहिलेसम्मकै उच्चस्तरीय विदेशी राष्ट्रप्रमुखको जमघट हुनेछ। सम्मेलनमा राष्ट्रपति सीले राष्ट्र एवं सरकार प्रमुखका रूपमा छुट्टै सम्बोधन र छलफल गर्ने कार्यक्रम छ। त्यस्तै बेइजिङले केही देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरुलाई राजकीय आथित्यतासमेत दिने तयारी गरिरहेको छ।

सम्मेलनमा सहभागी हुन रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि बेइजिङ जाँदै छन्। त्यस्तै पाकिस्तानका प्रधानमन्त्री, इटालीका प्रधानमन्त्री, फिलिपिन्सका राष्ट्रपति लगायत सहभागी हुनेछन्।

सम्मेलनले बीआरआईको पाँच वर्षे प्रगतिको समीक्षा र आगामी वर्षका लागि रोडम्याप तय गर्नेछ। त्यस्तै बीआरआईका बारेमा भइरहेको आलोचनाहरुको जवाफ दिने बताइएको छ।

पछिल्लो समय नेपालसहित दक्षिण एसियाका पाकिस्तान, श्रीलङ्कामा चीनले बीआरआईमार्फत गर्न लागेको लगानीले ती देशलाई ऋणमा डुबाउने भन्दै आलोचना हुँदै आएको छ। यो सम्मेलनले यी आलोचनाको जवाफ खोज्ने बताइएको छ।

सन २०१७ को मेमा बेइजिङमा पहिलो सम्मेलन भएको थियो। सम्मेलनकै क्रममा चिनियाँ राष्ट्रपति सीले दोस्रो सम्मेलन २०१९ मा गर्ने घोषणा गरेका थिए। सोही अनुसार सम्मेलन हुन लागेको हो।

पहिलो सम्मेलनमा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महरा सहभागी भएका थिए। बेइजिङमा सम्मेलनमा सहभागी हुन जानु अगाडि तत्कालीन अर्थमन्त्री महरा र परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतको उपस्थितिमा नेपालले बीआरआई फ्रेमवर्क सम्बन्धी एमओयुमा हस्ताक्षर गरेका थियो। एमओयुमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास वैरागी र चीनका तर्फबाट नेपालका लागि तत्कालीन चिनियाँ राजदूत यु होङले हस्ताक्षर गरेका थिए।

आजै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का वरिष्ठ नेता माधवकुमार नेपाल उत्तरी छिमेकी चीनको भ्रमणमा निस्किएका छन्।

चीनको राजधानी बेइजिङमा आयोजना हुने बेल्ट एण्ड रोड फोरमको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन नेता नेपाल चीन प्रस्थान गरेका हुन्।

नेता नेपालसँगै ने क पाका नेताहरु भ्रमणमा सहभागि हुँदै छन्।

प्रकाशित मिति: ११ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्