नेकपाको पोलिट्ब्यूरो यसरी यस्तो बन्दैछ,यी हुने भए पोलिट्ब्यूरो सदस्य (नामावली सहित)


 


काठमाडौ बैशाख ११
पार्टी एकता घोषणा भएको ११ महिनापछि मात्र जिल्ला नेतृत्वमा सहमती जुटाउन सफल भएको सत्तारुढ नेकपामा अब पोलिट्ब्यूरो गठनका लागि कसरत सुरु भएको छ।

नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको एक तिहाई– १ सय ४७ सदस्यीय पोलिट्ब्यूरोमा पूर्व एमाले र पूर्व माओवादीबाट क्रमशः ५५ र ४५ प्रतिशतको अनुपात अर्थात् क्रमशः ८२ र ६५ जना सदस्य रहने सहमती भैसकेकाले दुबैतर्फका दाबेदारहरू अहिले दौडधुपमा लागेका छन्।

नेकपाका एक जना सचिवालय सदस्यका अनुसार एमालेमा पोलिटब्यूरो सदस्य रहेकाहरू सबै नेकपामा पनि रहने नीति बनेकाले पूर्व एमालेतर्फ पोलिट्ब्यूरोका लागि त्यति समस्या छैन। माओवादीतर्फ भने समस्या देखिएको छ।

साविकको माओवादी केन्द्रमा पार्टी विभाजन र एकताको क्रममा पटक पटक पोलिटब्यूरो पुनर्गठन भएकाले एमालेमा जस्तो सहज छैन। नेकपाको जिल्ला नेतृत्व टुंगो लगाउने क्रममा पनि माओवादीतर्फबाट पर्ने नामहरू अन्तिम समयमा फेरबदल भएको थियो।

स्रोतहरूका अनुसार माओवादीतर्फबाट नेकपाको पोलिटब्यूरोमा लैजाने सदस्यहरूको सूची अहिले तयार भइरहेको छ।

एमालेमा यसअघि पोलिट्ब्यूरोमा रहेकाहरु सबैलाई पोलिट्ब्युरोमा राख्ने र थप सदस्य बरिष्ठताका आधारमा ल्याउने सहमति नेताहरुबीच भैसकेको छ।

साविकको एमालेमा ५९ जना पोलिट्ब्यूरो सदस्य थिए। यसअघि पोलिट्ब्यूरोमा रहेका गणेश तिमिल्सेना राष्ट्रियसभा सदस्य, सानु श्रेष्ठ प्रदेश नम्बर तीनको सभामुख र अग्नि खरेल महान्यायाधिवक्ता भएकाले रिक्त तीनसहित एमालेर्फबाट २३ जना नयाँ सदस्य थपिनेछन्।

को को थपिँदैछन् <
यसअघि पोलिट्ब्यूरोमा रहिसकेर एमालेको नवौँ महाधिवेशनमा पराजित भएका तर पछि केन्द्रीय कमिटीमा थपिएका खगराज अधिकारी, नरेश खरेल र धर्मनाथ साह यसपाली एमालेको तर्फबाट नेकपाको पोलिट्ब्यूरोमा थपिने संभावित नाम हुन्। यसअघि पहिले एमालेको पोलिट्ब्यूरोमा रहे पनि पार्टी छाडेर पुनः फर्किएका विजय सुब्बाको विषयमा नेताहरुबीच सहमती बन्न सकेको छैन।

त्यसैगरी, तीनपटक वा त्यसभन्दा बढी केन्द्रीय सदस्य भइसकेका नेताहरू गुरु बराल, देवराज घिमिरे, केशवलाल श्रेष्ठ, घनेन्द्र बस्नेत, केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, प्रमेश हमाल, भानुभक्त जोशी, रामचन्द्र यादव र जयन्ती राई यसपटक पोलिट्ब्यूरोमा पर्ने सूचीमा छन्।

नेकपा पोलिट्ब्यूरोमा पर्न केन्द्रीय सदस्यहरुले शीर्ष नेताहरुलाई दबाब दिने क्रम बढेको छ।

‘महिला, जनजाति, मधेसी, मुस्लिम र दलित समुदायबाट पोलिटब्यूरोमा ल्याउने प्रयास भइरहेको छ’, नेकपाका एक जना सचिवालय सदस्यले भने।

एमालेतर्फबाट पोलिटब्यूरोमा महिलाबाट सुजिता शाक्य, जनजातिबाट शेरबहादुर तामाङ, मधेसीबाट श्रीप्रसाद साह, मुस्लिमबाट नजिर मियाँ र दलितबाट चुडामणि जंगलीको सम्भावना रहेको स्रोतहरूले दाबी गरेका छन्।

प्रकाशित मिति: ११ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्