भूकम्पको स्मृतिमा भोलि सार्वजनिक बिदा (विज्ञप्तिसहित)


 


काठमाडौं, वैशाख ११ । चार वर्षअघि गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले भोलि (बिहीबार) सार्वजनिक विदा गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको गत चैत २३ गते बसेको बैठकले वैशाख १२ गतेको दिन बारपाक सुलिकोट गाउँपालिकाका सम्पूर्ण सरकारी एवं सार्वजनिक कार्यलय, शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाले बारपाकलाई केन्द्रविन्दु बनाइ २०७२ सालमा गएको भूकम्पले एकै गाउँपालिकाका १ सय ३९ जनाको निधन भएकोमा दुःख र शोक व्यक्त गरेको छ । गाउँपालिकाले जारी गरेको विदा सम्बन्धी प्रेस विज्ञप्ति यस्तो छ-

प्रकाशित मिति: ११ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्