शिवम् सिमेन्ट्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न


 


नेपाल कै अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । पव्लिक कम्पनीमा परिणत भईसकेपछिको तेस्रो वािर्षक साधारण सभा कम्पनीका अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतमा सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधरण शेयरधनीहरुमा शेयर निष्काशन गरेको करिव २ महिनाभित्रै सर्वसाधारण शेयरधनीले समेत प्राप्त गर्ने गरी १५ प्रतिशत नगद लाभांस रकम वाँडफाँड गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनी संचालक समितिका अध्यक्ष गोयलले आ. व. २०७४।०७५ को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षको प्रतिवेदन सहितका सम्लग्न विवरणहरु, आ. व. २०७५।०७६ को आयव्ययको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै कम्पनीले समान उदेश्य भएका अन्य कम्पनी वा संस्था प्राप्ती गर्ने, उत्पादन क्षमता अभिवृद्धि गर्ने, उत्पादन विविधिकरण गर्ने र उपयुक्त अन्य कम्पनीको शेयरहरु खरिद गरी थप उद्योग स्थापना गर्ने लगायतका प्रस्ताव पारित गरेका छ ।

सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्दै अलका गोयल, काठमाडौंलाई संचालकमा निर्विरोध निर्वाचित समेत गरको शिव्म सिमेन्टस् लिमिटेडले जनाएको छ ।

प्रकाशित मिति: ११ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्