टिपर आतंक रोक्न माग गर्दै सडक अबरुद्ध


 


सिरहा । सिरहाको मिर्चैयास्थित कटारी चौकमा स्थानीयले सडक अवरुद्ध पारेको छ । विहान बजेदेखि घण्टा मिर्चैया – कटारी सडक विहान ८ बजेदेखि १ घण्टा अवरुद्ध पारेर टिपर आतंक रोक्न माग गरेको हो ।

मारुती, सौर्य र कसमस सिमेन्ट उधोगका लागि चुन ढुङ्गगा बोक्ने दैनिक १ हजार भन्दा बढी टिपर सिद्धिचरण राजमार्गमा चल्छ । ओभर लोड गरेर चल्ने टिपरले बाटोमा धुलो उडाएर वातावरण प्रदूषण गरेको स्थानीयको आरोप छ। यति धेरै टिपर चलेपनि सडकमा पानी समेत

नहाल्दा यहाँको जनताको स्वास्थ्य नै खतरामा परेकोले बाध्य भएर सडक अवरुद्ध गरेको स्थानीय बताउँछन्। टिपरले दिनहुँ दुर्घटना समेत हुने गरेको छ । दुर्घटना न्यूनीकरण गर्न पनि माग राखेर आन्दोलन गरेको स्थानीय संजिव यादवले बताए । टिपर आतंक रोकेर सडकमा पानी हाल्ने काम नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।

प्रकाशित मिति: १२ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्