छोरीलाई इन्जिनियर बनाउन नमान्ने बाबू छोरीको कमाई देखेर दंग !


 


इन्जिनियर छोरीहरुले पढ्ने विषय हैन् भनेर इन्जिनियर नपढाउने सोचमा पुगेका बाबू अहिले छोरी कमाइ र उनको सफलताले दंग परेका छन् । विश्वकै सर्वाधिक सर्च इन्जिन गुगलले भारतकी एक इन्जिाियर युवतीलाई १ करोड ७२ लाख तलब दिएर इन्ज्जिियरको रुमिा भारतको बिहारकी मधुमिता कुमारलाई भर्ना गरेको छ ।

विश्वकै ठूलो कम्पनी रहेको गुगल कम्पनीले मधुमिताको लागि वार्षिक १ करोड ८ लाख रुपैयाँ भारु अर्थात १ करोड ७२ लाख ८० हजार रुपैयाँ तलब दिएको छ । सोमबार बाट स्विजरल्याण्डमा रहेको गुगलको अफिसमा टेक्निकल सोलुशन इन्जिनियरकोकाम सुरु गरेकी मधुमिता गुगलमा काम गर्नु अगाडी बैंगलोरस्थित एपिजी कम्पनीमा काम गर्दै आएकी थिइन् ।

उनलाई अन्ष्य ठूला कम्पनीहरु अमेजन, माइक्रोसफ्ट र मर्सिडिज जस्ता कम्पनीबाट पनि जागिरको लागि अफर आएको उनका बाबूले बताएका छन् । मधुमिताका बाबू छोरीको सफलता देखेर दंग भएका भएका छन् । उनको बाबू मात्र हैन पटनाको खगौल क्षेत्रमा नै उनको चर्चा हुन सुरु भएको छ । बाबूको इच्छा विपरित जयपुरको आर्या कलेज अफ इन्जिनिय इन्जिनियरिङ एन्ड टेक्नोलोजिबाट कम्ष्टर साइन्सको अध्ययन गरेकी उनी १२ कक्षा पटनाको डिएबी वाल्मी स्कुलबाट गरिन् ।

उनी आफ्नो खानदानबाट नै विदेश जाने पहिलो बनेकी उनी फ्रेबुअरीमा पहिलोपटक अमेरिका गएकी थिइन् । उनको बाबू भन्छन् मेरो छोरी विदेश गएपछि अरुपनि विदेश जान थालेका छन् । तर हजारौँ माइल टाढा एक्लै रहेर काम गर्नु पर्छ भनेको सुन्दा चिन्ता लाग्ने गरेको बाबूले बताएका छन् । उनको यो सफलतासँगै भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक एपिजे अब्दुल कलामको पनि ठूलो भूमिका रहेको छ ।

रेलवे सुरक्षा बलमा सहायक सुरक्षा आयुक्तको रुपमा काम गर्ने बाबु सुरेन्द्र शर्मा भन्छन् ‘राष्ट्रपति एपिजे अब्दुल कलाम नै प्रेरण स्रोत हुन् । कलामको बायोग्राफी उनी सधै पढिरहेकी हुन्थिइन् । आइएएस बन्न चाहने मधुमिता गणित र विज्ञान विषय निकै मन पराउँथिन् । स्कुलमा भएका हरेक प्रतियोगितामा भाग लिन्थिइन् । इन्जिनियर बेनेर यतिबेला उनी आफ्नो करियर सुरु गरिरहेकी छन् ।

प्रकाशित मिति: १३ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्