नेपालबाट कामदार लैजान जापानले माग्यो यस्तो विवरण !


 


काठमाडौं जापान सरकारले रोजगारका लागि किटान गरेका १४ वटा क्षेत्रमध्ये नेपालले तत्काल पठाउन सक्ने श्रमिकको सीपयुक्त क्षेत्रको श्रमिक जनशक्ति विवरण माग गरेको छ । श्रमिक आपूर्तिबारे ‘सहकार्यको समझदारी’ पछि श्रमिक अध्ययन गर्न बनेको जापानको प्राविधिक टोलीले नेपालबाट पठाउन सकिने सीपयुक्त जनशक्तिको विवरण माग गरेको हो ।

नेपाली कामदार लैजाने गरी जापानसँग सम्झौता भएपछि थप प्रक्रिया श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अघि बढाइरहेको छ । जापानले पाँच वर्षभित्र नेपालसहित नौ मुलुकबाट तीन लाखभन्दा बढी कामदार लैजान लागेको छ ।

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्