विद्यालयमा कम्प्युटर ल्याव सञ्चालन


 


10009428_10207696408661611_219447601_nभाेजपुर (चौकीडाँडा) फागुन २६

यहाँँको जाल्पा उच्च माबिमा कम्प्युटर ल्याब संचालनमा आएको छ। नेदरल्याण्डको हाजिस फाउण्डेशनको अनुमानित ३६ लाखको सहयोगमा यो पूर्बाधारको स्थापना गरिएको हो। कम्प्युटर ल्याबको उद्घाटन एक भब्य कार्यक्रमका बिच सोही संस्थाका कार्यक्रम संयोजक पिटर स्नोरेनले गरेका हुन।

1415752_10207696356820315_89490592_nयस किसिमको पूर्वाधार निर्माण जिल्लाकै पहिलो स्थापना मानिएको छ। स्थानीयबासी मनोज सुजीको बिशेष पहलमा बिदेशी दात्रिसंस्थाको सहयोगमा आकर्षक प्रबिधिस्थल बनेपछि स्थानीयबासी हर्षित बनेका छन् भने उनै मनोजलाई चौकीडाँडाबासीले फूलमालाले भब्य स्वागत गरेका छन्।

10695424_10207696364620510_2041185039_nकम्प्युटर ल्याब स्थापनाकाे लागि काठमाडौंस्थित दास ट्रेडिङका उच्च प्राबिधिक खटिएका छन। ऊद्घाटन कार्यक्रममा आफ्नो मन्तब्य राख्दै बिद्यालय ब्यबस्थापन समितीका सदस्य शिवबहादुर अधिकारीले यसरी प्रदान गरिएका कम्प्युटरको अधिकतम प्रयोग गरी विद्यार्थीमा पुरापुरा ज्ञान भर्न आवश्यक रहेको बताए।

10711388_10207696372020695_1827053882_nयस्तो अत्याधुनिक सुबिधा काठमाडौंका नाम चलेका निजी बिद्यालयले पनि उपलब्ध गराउन नसकेको कथन दास ट्रेडिङका सिइओ सर्बोत्तम लाल श्रेष्ठको थियो। बिभिन्न बक्ताले सम्बोधन गरेको यस कार्यक्रमलाई कार्यक्रमको अध्यक्षता गरिरहेका स्कूल ब्यबस्थापन समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले विद्यार्थीको बहुमुखी प्रतिभाको बिकासमा कम्प्युटर शिक्षाको ठुलो मह्त्व रहेकोले यो महान अवसरलाई अधिकतम प्रयोग गर्न बिद्यालय प्रशासनलाई सुझाब दिए।

12804114_10207696393061221_1799398518_nकार्यक्रममा हाजिस फाउण्डेशनका कार्यक्रम संयोजक पिटर, पिट वाण्डर वाल्देन, गुनो बिजोइ, एड होल्म्यान,कोएन होल्म्यान, दास ट्रेडिङका सर्बोत्तम लाल श्रेष्ठ र निरज श्रेष्ठलाई फुलमाला र अबिरले सम्मान गरिएको थियो। हाजिस फाउण्डेशनले चौकीडाँडामा बिगत नौ बर्षदेखी भौतिक तथा शैक्षिक सुधारमा ठुलो योगदान पुर्याउँदै आएको छ। जाल्पा उच्च माबिका प्राचार्य बिरेन्द्र राई भन्नुहुन्छ, ‘यस्तो सहयोगले वास्तवमै बिद्यालयको शैक्षिक गुणस्तर बिकास गर्न मद्धत पुग्नेछ।’

12804128_10207696387141073_1750580758_n12804554_10207696404981519_457169461_n12825367_10207696398381354_1485443127_n12834548_10207696236497307_948601613_n

प्रकाशित मिति: २६ फाल्गुन २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्