क्रान्ति सुब्बाको हङकङभित्र


 


उर्लाबारी ।  क्रान्ति सुब्बाद्धारा रचित निबन्ध संग्रह हङकङभित्रको शुक्रवार बिहान मोरङको उर्लाबारीमा आवरण सार्वजनिक गरिएको छ ।
२०२९ सालमा ताप्लेजुङको घोडेटारमा जन्म भई २४ वर्षसम्म हङकङमा बस्दै आउनु भएका सुब्बाले त्यहाँको परिवेश, आफ्नो जन्मस्थान, लगायतका विषयलाई प्रस्तुत गरेर निबन्ध संग्रह तयार गर्नुभएको हो ।

सो निबन्ध संग्रहको आज आवरण सार्वजनिक गरिएको र आगामी साताभित्रमा काठमाण्डौँमा एक कार्यक्रमको आयोजना गरी पुस्तकको विमोचन गर्ने सुब्बाले बताउनुभयो ।

सो निबन्ध संग्रहमा सुब्बाको पहिलो कृति हो । सो संग्रहमा दुई सय ५० पृष्ठ रहेको छ । सुब्बाले नेपाली साहित्य प्रतिष्ठान हङकङको सचिव भएर समेत जिम्मेवारी पुरा गरिसक्नुभएको छ ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्