उर्लाबारीमा नेपाल बैँकको बित्तिय साक्षरता


 


उर्लाबारी, बैशाख २०

नेपाल बैँक लिमिटेड उर्लाबारी शाखाले शुक्रवार उर्लाबारी – २ स्थित सुनपकुवा माध्यमिक विद्यालयमा बित्तिय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

उर्लाबारी नगरपालिका वडा नं २ का अध्यक्ष राजन कँडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैँकका शाखा प्रबन्धक खेमराज उपाध्यायले बित्तिय साक्षरताका विषयमा शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुमिराज शर्मा प्याकुरेलले शूभकामना मन्तव्य राख्नुभएको थियो ।

सरकारले बैशाख १ गतेबाट सबै नेपालीको बैँक खाता खोल्ने अभियान सुरु गरेकाले सो अभियानलाई सफल बनाउन सो सचेतना कार्यक्रम सञ्चालन गरिएको बैँकका शाखा प्रबन्धक उपाध्यायले बताउनुभयो ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्