अर्काको श्रीमानसँग रात बिताउने महिलालाई यस्तो सजाय



संसारमा विभिन्न देशका चालचलन अनौठा किसिमका छन् । यस्तै देश मध्ये चिन झनै फरक छ ।चीनमा अर्काको पति वा प्रेमीसँग यौन सम्बन्ध राखेको अभियोगमा महिलालाई सार्वजनिक बेइज्जत गर्ने क्रम बढ्दै गएको छ ।

हालै मात्र चीनको श्याङडोङ प्रान्तस्थित पूर्वी जिनान शहरमा ३ महिलाले एक महिलालाई नाङ्गै पारेर बाटोमा कट्नु सम्म कुटे । हालैमात्र चिनको हेनान प्रान्तस्थित पियुयाङ शहरमा यस्तै घटना सार्वजनीक भएको छ ।

आफ्ना पतिसँग अनैतीक सम्बन्धमा लागेको थाहा पाएपछि आक्रोसित महिलाले ति महिलालाई कुटनु मात्र हैन नाङगे झार पारेर बजार घुमाइन तरपनि उनलार्इ त्यहा रोक्ने कोही भएन । उनलाई सडकमा ल्याइयो र नाङ्गै पारियो ।

त्यहाँ भएका ४ जना महिलाहरुले उनलाई लुछ्ने र कुट्ने गर्न थाले । ब्यस्त सडकमा उनलाई नाङ्गै पारेर भुत्ल्याएको हेर्न ठूलो भिड जम्मा भएको थियो । ३८ वर्षीय लिन याओ लीलाई बाटोमा यो हालत पारिँदा कसैले हस्तक्षेप गरेनन् ।

उनी पीडाले कराइरहेकी थिइन् तर कसैले केही बोलेन ।हेर्ने मध्ये केहीले भन्दै थिए अर्काको पोइसँग सुतेपछि यस्तै हुन्छ । महिलाहरुले उनको कपडा पुरै च्यातिदिएर निर्वस्त्र पारे ।

पछि उनी बेहोस भएर ढलेपछि ती महिलाहरु आफ्नो बाटो लागे र त्यहाँ भएका एक पुरुषले महिलालाई उठाएर अस्पताल लगे ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News