अत्यन्त सस्तो बजाजको एभेन्जर १६०, जस्को मुल्य ८१ हजार


 


बजाज मोटरसाइकलले आफ्नो नयाँ क्रुजर मोटरसाइकल बजाज एभेन्जर १६० भारतका विभिन्न डिलरहरुमा बिक्रीका लागि उपलब्ध गराएको छ । यसअघि १८० र २२० सीसीमा मात्रै एभेन्जर बाइक उपलब्ध भएकोमा अब सस्तो भर्सनको रुपमा एभेन्जर १६० समेत उपलब्ध भएको हो ।

कम्पनीले बनाएको नयाँ एभेन्जर यी दुबै मोडलभन्दा सस्तो रहेको छ । कम्पनीले सिंगल च्यानल एबीएस सहित ल्याएको एभेन्जर १६० को मूल्य ८१ हजार ३६ भारु निर्धारण गरेको छ । कम्पनीले एभेन्जर १८० को डिजाइनमा एनएस१६० को इन्जिन प्रयोग गरेर एभेन्जर १६० ल्याएको हो ।

नयाँ एभेन्जरले हालको एभेन्जर १८० बराबरकै पावर दिने कम्पनीको दाबी छ । एभेन्जर १६० मा १६०.३ सीसीको ४ भल्भ आयलकुल्ड इन्जिन रहेको छ । सो इन्जिनले १४.६ बीएचपी पावर तथा १४.६ एनएम टर्क जेनेरेट गर्छ ।

५ स्पिडको गियरबक्स जडान गरिएको यो बाइकले ५० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । फ्रन्टमा टेलेस्कोप फोर्क तथा रियरमा डबल ग्यास चार्ज्ड सस्पेन्सन दिइएको छ ।

प्रकाशित मिति: २५ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्