फेसबुकले किन बन्द गर्दैछ भिडियो च्याट एप ?


 


एजेन्सी । फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो ।

मिडिया रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण सुरु गरेको थियो । फेसबुकले बताएको छ, ‘हामीले मेमा बोनफायर बन्द गर्दैछौं । हामीले यसबाट जे सिक्यौं त्यसलाई हामीले विद्यमान तथा भविष्यका अन्य उत्पादनमा सामेल गर्नेछौं ।’

मुख्य एप हाउस पार्टी एक ग्रुप भिडियो च्याट एप हो, जसमा प्रयोगकर्ताले एप ओपन गरेसँगै आफ्ना अनलाइन रहेका साथीहरुका बारेमा थाहा पाउँछन् र भिडियो च्याट गर्न सक्दछन्

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्