सुत्नु अघि भुलेर पनि नगर्नुस यी काम, पछुताउनु पर्ला !


 


सुन्दा समान्य लाग्ने कतिपय कुराहरुमा ख्याल नगर्दा त्यसले ठुलो असर पार्न सक्छ स्वथ शरिरका लागी आरामदायी र पर्याप्त निन्द्रा को आवश्यकता पर्दछ । अस्तव्यस्त दैनिकिले गर्दा धेरै मानिसहरुको न दिन राम्रो न रात राम्रो भइरहेको हन्छ । विभिन्न उपयोगी जानकरीहरु पस्कने क्रममा आज हामी जानकारी दिँदै छौ सुत्नु भन्दा अगाडि के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने विषयमा यो अति उपयोगी जानकारी मुलक सामाग्रीलाई धेरै भन्दा धेरै साथिहरुको विचमा पुर्याउन सेयर गर्न नभुल्नु होला ।

छिटो सुत्न नजानेः

धेरै छिटो सुत्न गयो भने गहिरो निद्रा नपर्न सक्छ । सुत्न जाने उपयुक्त समय भनेको राती १० वजे देखि १०।३० सम्म हो।

निदाउनको लागि मदिरा नपिउनेः

रक्सी पिउने गर्दा पनि गहिरो निद्रा नपर्ने र वेला वेलामा निद्रा खुल्ने हुन्छ ।

सुत्न जानु भन्दा पहिले चुरोटः

सुर्ती सेवन ग¥यो भने मस्तिस्कमा एक प्रकारको उत्तेजना वढाउँछ र निद्रा आउन वाधा पार्छ । सुत्न जानु भन्दा १र२ घण्टा अगाडि यस्ता पदार्थ प्रयोग नगर्दा निद्रा आउन सक्छ।

भोकै सुत्न जानु राम्रो हुदैन । पेट भोको भयो भने निद्रा लाग्दैन, सुत्नु भन्दा अगाडि धेरै पानी पियो भने पनि पिसाव लागेर उठ्नु पर्ने हुन्छ ।

नियमित शारीरिक व्यायाम स्वास्थ्यको लागि राम्रो हुन्छ र निद्रा पर्न पनि सहयोगी हुन्छ तर एकदमै वढी शारीरिक व्यायाम भने गर्नु हुँदैन ।

लेख्ने, पढ्ने वा कम्प्युटरमा काम गरी राख्नु भएको छ भने सुत्नु भन्दा पहिले करिव आधा घण्टा जति काम गर्न छोड्नुहोस र रिल्याक्स गर्नुस् ।

सकभर निद्राको लागि औषधी प्रयोग नगर्नु राम्रो हुन्छ। औषधी प्रयोग नगरी नहुने भए एक हप्ता वा त्यो भन्दा वढीको लागि प्रयोग गर्नु हुदैन ।

सुत्नु भन्दा पहिले मनतातो दुध पिउदा निद्रा लाग्न मद्वत गर्छ। सकिन्छ भने सुत्नु भन्दा एक डेढ घण्टा पहिले मन तातो पानीले नुहाउदा पनि शरीर रिल्याक्स हुन्छ र निद्रा आउन सहयोग गर्छ।

वेलुका निद्रा लागे पछि सुत्ने र विहान निद्रा खुलेपछि उठ्ने नियमित गर्नेहरुमा निदाउने र निद्रा खुल्ने साइकल वनेको हुन्छ। सधैं करिबकरिब एउटै समयमा सुत्ने र एउटै समयमा उठ्ने गर्दा निद्रामा प्राय समस्या आउँदैन। तर सधेै सुत्ने र उठ्ने समय फरक गरिरहँदा निद्रा लाग्ने र विहान जाग्ने साइकल विग्रिन्छ।

एउटै समयमा सुत्ने भन्नाले एकदम घडी मिलाउनु भने पर्दैन, भनौ १० वजे सुत्ने प्लान छ भने आधा घण्टा अघि वा आधा घण्टा पछि हुँदा फरक पर्दैन तर कहिले १० वजे कहिले १२ वजे वा कहिले १ वजे सुत्न लाग्यो भने सुत्ने नियमितता विग्रिन्छ। धेरै मानसिक तनाव भएर वा विभिन्न रोग लागेर निद्रा नलागेको हो भने तनाव घटाउने र रोगको उपचार गर्नेतर्फ लाग्नु पर्छ । –एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्