आजदेखी कक्षा ११ को परीक्षा सुरु


 


काठमाडौं । आइतबारदेखि देशभर कक्षा ११ को परीक्षा सुरु भएको छ। परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु हुने परीक्षा १० बजेसम्म सञ्चालन हुनेछ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी सहभागी भएका छन्। आइतबारबाट सञ्चालित परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहेको परीक्षा बोर्डले जनाएको छ। वैशाख २९ बाट सञ्चालन गरिएको परीक्षा जेठ आठ गते सम्पन्न हुनेछ।

गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्नपत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा उक्त त्रुटि नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्र सुरक्षाका लागि सिसिक्यामेरा जडान गरेको छ। वैशाख १४ गतेदेखि सञ्चालन गरिएको कक्षा १२ को परीक्षा भने वैशाख २६ गते सम्पन्न भएको छ। परीक्षामा ४ लाख २८ हजार ५२ परीक्षार्थी सहभागी भएका थिए।

प्रकाशित मिति: २९ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्