खैरो र सेतोमध्ये कुन अण्डाले पुर्याउँछ स्वास्थ्यलाई फाइदा ?


 


काठमाडौं : अण्डा एउटा यस्तो सुपरफुड खाना हो जसमा प्रोटिन, क्याल्सियम, ओमेगा ३, फैटी एसिड भिटामिन ए र बी भरपूर मात्रामा पाइन्छ । दिनहुँ खण्डा खानाले गम्भीर रोग लाग्नबाट मान्छेलाई जोगाउँछ । अण्डा खानाले हड्डी मजबुत बनाउँछ । तर, धेरै मानिसलाई खैरो र सेतोमध्ये कुन चाहिँ अण्डा स्वस्थकर हुन्छ भन्ने जिज्ञासा उठिरहन्छ ।

खैरो र सेतो दुवै अण्डामा धेरैपटक अनुसन्धान भइसकेको छ । जसमा दुवै अण्डामा त्यस्तो तात्विक अन्तर र फरक केही पाइएन । दुवैको फाइदा, गुणस्तर र आकार एउटै हुन्छ । यतिसम्म कि दुवैको पोषण तत्व पनि एकै नासको हुन्छ । खैरोमा सेतो अण्डाभन्दा थोरै बढी ओमेगा ३ फैटी एसिड पाइन्छ ।

खैरो र सेतो अण्डामा के फरक छ ?

डाइटिसियनका अनुसार अण्डा दुई किसिमको हुन्छ । एउटा, लोकल अर्को पोल्ट्री । लोकल अण्डा खैरो हुन्छ । पोल्ट्री फर्मको अण्डा सेतो हुन्छ । खैरो अण्डा सेतोभन्दा बढी स्वस्थकर हुन्छ । त्यसैले धेरै मानिस लोकल अण्डा खान मन पराउँछन् ।

खैरो अण्डामा प्रोटिन, कोलेस्ट्रोल र क्यालोरी धेरै पाइन्छ । त्यसैले लोकल अण्डा अलि महँगो हुन्छ ।
एक अध्ययनका अनुसार सबै अण्डाको साइज र रंग तथा पौष्टिक रूपमा पनि एकै किसिमका हुन्छन् । सबै अण्डामा एकै किसिमका भिटामिन, मिनरल, प्रोटिन र क्यालोरी पाइन्छ । अण्डाको रंगले उसको पौष्टिक तत्वमा कुनै असर गर्दैन ।

अण्डा कसरी छान्ने ?

अण्डाको रंगले उसको पौष्टिक तत्वमा फरक नपरे पनि कुखुराको खानाले अण्डाको पौैष्टिकतामा भने असर गर्छ । घाम लाग्ने ठाउँमा रहेका कुखुरा र सबै प्रकारका खानेकुरा खाने कुखुराको अण्डामा सबै पोषक तत्व पाइन्छ । जबकि अँध्यारो ठाउँमा राखिएको र सही आहार र दाना नपाउने कुखुराको अण्डामा पोषक तत्व कम पाइन्छ ।

कसरी र कहिले खाने अण्डा ?

दिनहुँ उसिनेका दुईवटा अण्डा खानाले शरीरका धेरै रोगबाट बचाउन सकिन्छ । अण्डालाई ब्रेकफास्टका रूपमा खानाले शरीरलाई सबैभन्दा धेरै फाइदा हुन्छ । जो मानिस जिम जान्छ र बडी बनाउन चाहन्छ उसले काँचो अण्डा दूधमा हालेर पिउने गर्नुपर्छ ।

दिनहुँ अण्डा खानाले हुने फाइदा

दिनहुँ अण्डा खानाले इम्युन सिस्टम ठीक रहन्छ । जसकारण भाइरल इन्फेक्सनका साथै रुघाखोकी जस्ता समस्याबाट बच्न सकिन्छ ।

प्रकाशित मिति: २९ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्