क्यान्सर रोगीले पाउने १ लाख आर्थिक सहायता रोकियो


 


काठमाडौं । सरकारले क्यानसर रोगीहरुलाई दिँदै आएको १ लाख रुपैयाँ आर्थिक सहयोग रोक्का गरेको छ । सरकारले विगत ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँदै आएको १ लाख रुपैयाँ आर्थिक सहयोग बजेटका अभावमा रोक्का गरेको हो ।

आइतबार काठमाडौंमा आयोजित ‘विश्व आँखा क्यान्सर सचेतना सप्ताह’ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा। पुष्पा चौधरीले बजेटको अभाव भएकाले सरकारले हाललाई क्यान्सर रोगीहरुको सूचि तयार पार्ने काम पनि स्थगित गरेको जानकारी दिइन् ।

आँखाको क्यान्सर रोगको उपचारको लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने उनले विश्वास दिलाइन् ।

सचिव चौधरीले क्यान्सरजस्ता जटिल रोगहरुको उपचारका लागि सरकारले कम्तीमा पनि ५ लाख आर्थिक सहायता उपलब्ध गराउने प्रयास गरिरहेको पनि जानकारी दिइन् ।

आँखाको प्लाष्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजले तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरेर सुरु गरेको कार्यक्रममा आँखाको क्यान्सर र त्यसको रोकथामका विषयमा विस्तृत जानकारी दिइनेछ ।

प्रकाशित मिति: २९ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्