आईपीएल क्रिकेट खेलेर स्वदेश फर्किए सन्दीप


 


काठमाडौं । इन्डीयन प्रिमियर लिग आईपीएल क्रिकेटमा सहभागी भएर नेपाली क्रिकेटर सन्दीप लामिछाने आइतबार स्वदेश फर्किएका छन् । मौसममा खराबी भएपछि उनी आएको जहाज एयर इन्डीया अवतरण गर्न नसकेर फर्किएको थियो । दिउँसो २:३५ मा अवतरण गर्नुपर्ने जहाज दिउँसो ४:१५ मा मात्र काठमाडौंमा अवतरण गरेको थियो ।

खराब मौसमका कारण जहाज अवतरण गर्न नसकेर काठमाडौंको कोटेश्वरबाट हाइट लिएर फेरि फर्किएको थियो । त्यसपछि लामो समय आकाशमै होल्ड भएर जहाज दिउँसो सवा चार बजे मात्र काठमाडौंमा अवतरण गरेको हो ।

सन्दीप आवद्ध टिम दिल्ली क्यापिटल्स शुक्रबार भएको दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।  सन्दीपले आइपिएलको यो सिजनमा ६ खेलबाट ८ विकेट लिएका थिए ।

प्रकाशित मिति: २९ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्