नेपाल आइडलका उपविजेता बिक्रमले गरे बिवाह


 


काठमाडौं । ‘नेपाल आइडल सिजन २’का उपविजेता बिक्रम बरालले बिवाह गरेका छन् । उनले प्रेमिका अनु गहतराजसँग बिवाह गरेका हुन् । अनु पोखरा निवासी हुन् । पोखराको बिन्ध्यवासिनी पार्टी प्यालेसमा उनको २९ बैशाखमा बिवाह सम्पन्न भएको हो ।

बिवाह समारोहमा आफन्त, शुभचिन्तक, संगीतिक क्षेत्रका बिशिष्ठ व्यक्तिहरुको सहभागीता रहेको थियो । लामो समयको प्रेम बिवाहमा परिणत गर्न पाउदा निकै खुसी लागेको बरालले बताए ।

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्