आइपीएलबाट सन्दिप लामिछानेले करीव ५५ लाख पाउने


 


काठमाण्डौँ । इन्डियन प्रिमियर लिगमा पहिलो पटक तेस्रो स्थान हासिल गरेको दिल्ली क्यापिटल्सबाट नेपाली बलर सन्दिप लामिछानेले यो सिजन करीव ५५ लाख रुपैयाँ पाउने भएका छन ।

दिल्लीले तेस्रो भएबाफत ६ दशलमव ४ करोड भारतीय रुपैयाँमा आइपीएलको नियम अनुसार ५० प्रतिशत रकम खेलाडीलाई दिनुपर्ने हुन्छ । त्यस अनुसार दिल्लीले टिममा रहेको २५ खेलाडीलाई बराबर रकम दिदा एक जनाले १२ लाख ८० हजार भारतीय रुपैयाँ पाउछन । त्यसलाई नेपालीमा ढाल्दा साढे २० लाख रुपैयाँ हुन आउछ ।

त्यसपछि सन्दिपले एक खेलमा स्टाइलिस खेलाडीको उपाधि जितेका थिए । पञ्जाव विरुद्ध तीन विकेट लिएका कारण उनले सो उपाधि जितेका थिए । सो उपाधिसँगै उनले एक लाख भारतीय रुपैयाँ हात पारेका थिए । त्यसपछि यो सिजन आइपीएल खेलेवाफत सन्दिपले २० लाख पाउने यसअघि नै पक्का भइसकेको थियो ।

यसको अर्थ उनले दिल्लीबाट यो सिजनमा करीव ५५ लाख रुपैयाँ पाउने भएका हुन । लगातार दोस्रो सिजन आइपीएल खेलेका सन्दिपले ६ खेलमा ८ विकेट लिएका थिए । सुरुवाती दुई खेलमा बेन्चमा बसेको सन्दिपले त्यसपछि लगातार चार खेल खेलको थिए ।

त्यसअघि अरु दुई खेल खेल्दा अन्तिम चरण र क्वालिफायर्समा उनी बेन्चमा बसेका थिए । आइपीएलपछि सन्दिप यतिबेला नेपालमा रहेका छन ।

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्