सन्दीप लामिछानेले किने १० लाखको बाइक !


 


काठमाडौँ । नेपाली क्रिकेट सन्दीप लामिछानेले नयाँ बाइक किनेका छन् । उनले किनेको बाइक झन्डै १० लाख रुपैयाँ पर्ने बिएमडब्ल्यू कम्पनीको हो।

नयाँ बाइकबारे उनले आफ्नो ट्वीटर ह्याण्डिलमार्फत सार्वजनिक गरेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) बाट फर्किएका सन्दीपले मङ्गलबार बाइक किनेका हुन्।

काठमाडौँमा रहेको बिएमडब्ल्यू सोरुमका अनुसार बाइकको नेपाली मूल्य १० लाख रुपैयाँ हो । तर, अहिले ९ लाख ७५ हजार रुपैयाँ पर्छ । त्यसमा पनि सोरुमले २० हजार रुपैयाँ थप छुट दिएको छ ।

उक्त छुट गरी सन्दीपको बाइक ९ लाख ५५ हजारको बाइक सेतो कलरको छ । उनले ३ हजारभन्दा बढी पर्ने हेल्मेट समेत उपहार पाएका छन् । फेसबुक र ट्वीटरमार्फत उनले आफ्ना समर्थकसँग खुसी साटेका छन् ।

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्