एनआरएनएको चुनावसँगै चर्चामा कुसियैत


 


काठमाडौं, बैशाख ३१
आगामी मे महिनामा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) को युवा संयोजकमा अमेरिकामा बस्दै आएका सुनसरीका प्रितम कुसियतले उम्मेदवारी दर्ता गराएसँगै उनको चर्चा शुरु भएको छ ।

अध्यक्षका प्रत्यासी संजय थापा र सूर्य लम्सालको समहुले नै कुसियैतलाई साझा उम्मेवार बनाउने सहमति गरेपछि उनको चर्चा चुलिएको हो। सम्भवत एनआरएनको चुनाबी मैदानमा यस्तो सहमती पहिलो पटक भएको हो। कुसियैतसँग अरु उम्मेदवार भन्दा क्षमता ,बिज्ञता, योग्यता, क्रियाशीलता तथा भिजनका हिसाबले धेरै माथि भएका कारण उनलाई अध्यक्षका प्रत्यासी संजय थापा र सूर्य लम्सालको समूहमा अटाउन सफल भएको अरु सदस्य बताउँछन् । क्षमताको हिसाबले हेर्ने हो भने उनले २४ वर्षकै उमेरमा ूयुएसए आइटी कर्पाेरेशन नामक आफ्नो कम्पनी स्थापना गरेर धेरैलाई रोजगारी प्रदान गरिराखेका छन्।

योग्यता पनि उनको अब्बल छ। २००८ मा बिद्यार्थी भिसामा अमेरिका छिरेका उनले ूएम बि एू सम्मको अध्यनन गरिसकेका छन् ।

युवा संयोजकका प्रत्याशी कुसियैतले अमेरिकाभरी छरिएर रहेका युवा वर्गमा रहेको प्राज्ञिकता र व्यवसायिकतालाई जोड्न एनआरएनले अभियान थाल्नु पर्ने बताए । कुसियैतले भने ूयुवा वर्गको टेक्नोलोजी व्यवसाय र प्राज्ञिक क्षमतालाई विकास र विस्तार गर्नु मेरो प्राथमिकता हुनेछ ।

ूव्यक्ति, परिवार, समूदाय, संस्था, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरुको ठुलो भुमीका रहेको हुन्छ र युवा शक्ति विकासका लागि आवशयक ऊर्जाका स्रोत हुन् । त्यसैले एनआरएनएमा युवा नेतृत्वको कमी मैले देखिरहेको कारण एनआरएनएको युवा संयोजकमा उम्मेदवारी दिएको हु, उनले भने ।

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्