आज किन बस्दैछ काँग्रेस संसदीय दलको बैठक ?


 


काठमाडौं । नेपाली कांग्रेसले संविधानविपरीतका प्रावधान समेटिएका विधेयक फिर्ता नलिए संसद्मा त्यसविरुद्ध कडा प्रतिरोध गर्ने तयारी सुरु गरेको छ । यसका लागि लागि कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । जागरण अभियानमार्फत सरकारका असंवैधानिक कामकारबाहीको विरोध गर्दै आएको कांग्रेसले सदन तताउने तयारी गरेको हो ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार संविधानविपरीत प्रस्ताव गरिएका मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग विधेयक र राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक फिर्ता गराउने संसदमा कस्तो तयारी गर्ने विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्