भ्रष्टचार मुद्धामा अदालतले धरौटी मागेपछि पाठकको लाजमर्दो जवाफ !


 


काठमाडौं । भ्रष्टाचारको मुद्धा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकले आफूलाई फसाएको बताएका छन । आफुले ७८ लाख लिएको भन्ने कुरा सरासर झुठो भएको बताएका छ । आज विशेष अदालतमा बयान दिँदै पूर्वआयुक्त पाठकले सो कुरा बताएका हुन् ।

विषेष अदालतमा बयानका लागि हाजिर भएका उनले भने, मैले ७८ लाख लिएको कुरा झुठो हो, यसमा मलाई नियतबस फसाइयो ।’ त्यसअघि पूर्वआयुक्त पाठसँग अदालतले ७८ लाख धरौटी माग गरेको थियो । अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकसँग ७८ लाख धरौटी माग गरेको हो ।

पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको सार्वजनिक भएपछि राजीनामा दिएका थिए । आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीको पालामा पाठकले आयोगको सदस्यमा नियुक्ति पाएका थिए ।

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्