अछामका धम्कीवाला जनप्रतिनिधि फरार !


 


अछाम । केही दिन अघि झोलुङ्गे पुल उपभोक्ता योजनाको बिषयलाई लिएर इन्जिनियरलाई ज्यान मार्ने धम्की दिने जिल्ला समन्वय समिती अछामका सदस्य बेदप्रकाश तिमिल्सिना सोही दिनदेखि फरार अवस्थामा रहेका छन ।

अछामको पूर्वाधार विकास कार्यालय साँफेबगरमा कार्यरत निमित्त प्रमुख इन्जिनियर जंग बहादुर थापालाई जनप्रतिनिधि तिमिल्सिनाले एकाएक गाली गर्दै अश्लील शब्दहरु समेत प्रयोग गरेको फोन रेकर्ड बैशाख २७ गते भाइरल भएको थियो । उनले इन्जिनियर थापा संगै सुदुरपश्चिम प्रदेश सभा सदस्य एवं नेकपा सुदुरपश्चिम सचेतक अक्कल रावललाई समेत गाली गरेका थिए ।

आफुले भनेबमोजिम नगरेको र आफ्नो मान्छे संग छलफल नगरेको भन्दै तिमिल्सिनाले हदैसम्मको गाली गरेका थिए । इन्जिनियरलाई ज्यान मार्ने धम्की दिने र अश्लील गाली गर्ने तिमिल्सिनालाई तत्काल गिरफ्तार गर्न गृहमन्त्री रामबहादुर थापाले आदेश दिएपश्चात नेपाल प्रहरीले अहिले उनको खोजिकार्य गर्दैछ ।

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्