पत्रकारहरुमाथि खनिए सञ्चारमन्त्री बाँस्कोटा


 


काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा पत्रकारहरुमाथि खनिएका छन् । मिडियासम्बन्धी विद्येयकका बारेमा पत्रकारहरु आन्दोलित भएको अवस्थामा मन्त्री बाँस्कोटाले सरकारले प्रेस स्वतन्त्रता कुनैपनि हालतमा हनन नगर्ने बरु रक्षा गर्ने जिकिर गर्दै हचुवाको भरमा विद्येयकको विरोध नगर्न पत्रकारहरुलाई चेतावनी दिएका हुन् ।

मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रमा विदेशी लगानी स्वीकार्य नभएको पनि स्पष्ट पारे । मिडिया भनेको आलु र प्याजको व्यापार होइन भन्दै उनले स्वदेशी मिडियामा विदेशी लगानीलाई सरकारले पूर्णरुपमा प्रतिबन्ध लगाउने दावी गरे ।

विश्वका कुनैपनि देशको सञ्चारमाध्यममा विदेशी लगानी छुट नभएको भन्दै उनले मिडिया विचार निर्माण, राष्ट्रियता रक्षा, स्वाभिमान र लोकतन्त्रको मौलिकता भएको समेत बताए ।

उनले संविधानमै पूर्ण प्रेस स्वतन्त्रता रहेकाले प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने समेत दाबी गरेका छन्। आज हेटौंडामा राष्ट्रिय सूचना प्रविधी केन्द्रको डिजास्टर रिकभरी सेन्टर उद्घाटन कार्यक्रममा सम्बोधनका क्रममा मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । आफूहरु प्रेस स्वतन्त्रताकै लागि लडेकाले व्यवस्थित गर्न मात्र खोजेको पनि मन्त्री बाँस्कोटाको भनाई थियो ।

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्