बिहिवार सुनको भाउ बढ्यो, हेर्नुहोस् दरभाउ


 


काठमाडौं । के तपाईँ सुन खरिद गर्ने सोचमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने बुधबारको तुलनामा बिहीबार सुनको भाउ एक सयले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ६० हजार ७०० मा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलामा ६० हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ६० हजार ४०० मा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्यमा भने बिहीबार कुनै घटबढ भएको छैन । बुधबार ७२५ मा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्