‘वीर विक्रम २’ काे प्रिमियर शो : हट लुक्समा बर्षा


 


काठमाडौँ । जेठ ३  शुक्रबारबाट प्रर्दशनमा आउँन लागेको चलचित्र ‘वीर विक्रम २’ को बुधबार कुमारी हलमा प्रिमियर शो गरिएको छ । कलाकार तथा पत्रकारको उपस्थितिमा सम्पन्न भएको प्रिमियर शोमा यस चलचित्रकी मुख्य पात्र वर्षा सिवाकोटी पिच कलरको गाउनमा निकै हट र बोल्ड देखिएकी थिइन् ।

वुधबार सम्पन्न गरिएको प्रिमियर शो मा यस चलचित्रले निकै तारिफ बटुल्न सफल भएको छ । मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको ‘वीर विक्रम २’ मा मुख्य कलाकारमा नायिका वर्षासँगै नायक पल शाह, नायक नाजिर हुसेन, कलाकार बुद्दि तामाङ देखा परेका छन् ।

माया, मित्रता एक्सन र दुश्मनीले समेटिएको यस चलचित्रमा २ साथी बिर र बिक्रमको मित्रता र विचमा आउने एक केटीको प्रवेशले फरक पार्ने सम्बन्धको कथा समावेश गरी बनाईएको छ ।

यस चलचित्रका मुख्य पात्र नायिका बर्षा सिवाकोटीले ‘वीर विक्रम २’ आफ्नो जिवनको नै उत्कृष्ट चलचित्र भएको बताएकी छिन् ।

यस चलचित्रको प्रिमियर शो हेरेपछी नायक भूवन केसी र शिव श्रेष्ठले यस चलचित्रकाे बारेमा राम्रो प्रतिक्रिया दिनुको साथै उनीहरुले, मित्रता र प्रेमको कथालाई मिलन चाम्सले राम्रोसँग प्रस्तुत गरिएकाे बताएका छन् ।

प्रकाशित मिति: २ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्