आज सुनको भाउ घट्यो, हेर्नुहोस् आजका दरभाउ


 


काठमाडौं । सुनको भाउ घटेको छ । विहीवारको तुलनामा आज शुक्रवार सुनको भाउ घटेको हो । नेपाली बजारमा बिहीवार छापावाला सुन प्रति तोला ६० हजार २ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचादी व्यवसायी महासंघको अनुसार तेजावी सुन प्रति तोला ५९ हजार ९ सयमा कारोबार भएको छ । बिहिवार छापावाल सुन ६० हजार ७ सय र तेजाबी सुन ६० हजार ४ सयले करोबार भएको थियो ।

छापावाल र तेजावी सुन प्रति तोलामा आज ५ सय रुपैयाले घटेको छ । चादी भने शुक्रवार प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्