गायक अल्मोडा इटहरा आउँदै


 


इटहरा । इटहरा एकता क्लबले आयोजना गरेको रतुवामाई आईडल डान्स प्रतियोगिताको फाईनलमा अल्मोडा आउने भएका छन् ।
रतुवामाई नगरपालिका भित्र लुकेर रहेका नृत्य प्रतिभालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा अन्तिम दसमा पुग्न सफल प्रतिस्पर्धीहरु बीच फाईनल हुन लागिरहेको छ ।

यही जेठ ४ गते शनिबार सरस्वती माबि रतुवामाई ८ इटहराको प्राङ्गणमा बिहान ११ बजे बाट हुने फाईनलमा अल्मोडा आफ्नो प्रस्तुति दिने कार्यक्रम संयोजक सुजित जैशवालले बताएका छन् ।

कार्यक्रमको मुख्य प्रायोजक रतुवामाई नगरपालिका रहेको छ । कार्यक्रममा करिब पाँच हजार दर्शकको उपस्थिति रहने अनुमान रहेको क्लबका सचिव प्रेम बाँस्तोलाले बताएका छन् ।

प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्