कोषको रकममा मेयरले एकलौटी गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी


 


मोरङ । मोरङको सुनबर्सि नगरपालिका ७ को कार्यालयमा स्थानीयले एक सातादेखि तालाबन्दी गरेका छन् । चुरेभावर राष्ट्रपति कोषको रकम नगरप्रमुख कालीप्रसाद दासले एकलौटी गरेको भन्दै स्थानीयले ताला लगाएका हुन् ।

नगरप्रमुखले बक्राहा खोलामा तटबन्ध लगाउन का लागि २० लाख रुपैयाँ रकम एकलौटी रुपमा खर्च गरेको स्थानीयको आरोप छ । रकम विनियोजनवारे आफुहरुलाई समेत जानकारी नदिएको बडाध्यक्ष प्रकाश यादवले बताए । तालाबन्दीपछि बडाकार्यालयमार्फत हुने काम रोकिएका छन् ।

प्रकाशित मिति: ४ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्