सरकारी कर्मचारीका आमाबाबुको वृद्धभत्ता कटौती गर्ने सरकारको तयारी


 


काठमाडौं । सरकारले सरकारी सेवा सुविधा लिएका कर्मचारीका आमाबाबुलाई दिँदै आएको वृद्धभत्ता कटौती गर्ने तयारी थालेको छ।अर्थमन्त्री डा युवराज खतिवडालाई वृद्धभत्ता बढाउनु पर्ने चौतर्फी दबाब बढेसँगै एकीकृत सामाजिक सुरक्षा कार्यक्रममार्फत सरकारी कर्मचारीका आमाबाबुले पनि लिँदै आएको वृद्धभत्ता कटौती गर्ने तयारी गरिएको हो।

सरकारी कर्मचारीका आमाबाबुले पनि पाउँदै आएको भत्तालाई कटौती गर्न अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलसमेत गरिसकेका छन्। उक्त भत्ता कटौती गर्न सके वार्षिक ५ अर्ब रुपैयाँको भार राज्यलाई कम हुन अर्थमन्त्री खतिवडाको निष्कर्ष छ।

कर्मचारीका परिवारको भार कटौती गर्न सकेमा वृद्धभत्ता १ हजार रुपैयाँसम्म बढाउन सकिने अनौपचारिक छलफलमा प्रधामन्त्री ओलीलाई अर्थमन्त्री खतिावडाले जानकारीसमेत गराइसकेका छन्।

अर्थ मन्त्रालय स्रोतका अनुसार निजामती कर्मचारी, शिक्षक, सुरक्षा निकाय, संस्थानसम्मका कर्मचारीका आमाबाबुले पाउँदै आएको वृद्धभत्ता कटौती गर्नेगरी छलफल भइरहेको छ। आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत एकीकृत सामाजिक सुरक्षा कार्यक्रम ल्याउने र भत्ता कटौती गर्ने तयारी गरिएको अर्थ मन्त्रालय स्रोतको दाबी छ।

प्रकाशित मिति: ४ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्