डीएसपीको प्रमाणपत्र नै नक्कली भएपछि


 


काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) बाबुराम अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धन आयोगको अनुसन्धानका क्रममा डीएसपी अधिकारीको प्रमाणपत्र नक्कली पाइएको हो।

अख्तियारले नक्कली प्रमाणपत्र प्रयोग गरी जागिर खाएको पाइएपछि उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अनुसन्धान हुँदा डीएसपी अधिकारीले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतको प्रमाणपत्र ९आईकम० तहको शैक्षिक प्रमाणपत्र झुट्टा (नक्कली) भएको र निजले नियुक्ति पाउने उद्देश्यले सोही झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई लाभ तथा सुविधा समेत लिएको पुष्टि भएको छ।

अख्तियारले साविक भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रकाशित मिति: ४ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्