प्रदेश सांसद् साम्बाद्धारा बुद्ध जयन्ती तथा उभौली पर्वको शूभकामना


 


उर्लाबारी, जेठ ४

मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद् कुलप्रसाद साम्बा (कुशल) ले बुद्ध जयन्ती र किराँत समुदायको महान साँस्कृतिक चाड उभौली पर्व – २०७६ को अवसरमा सम्पुर्ण मोरङ क्षेत्र नं. १ बासी तथा नेपालीहरुमा शूभकामना ब्यक्त गर्नुभउको छ ।

प्रदेश सांसद् साम्बाले यस प्रकारका चाडपर्वले हामी नेपालीहरुबीच थप एकताबद्ध बनाउन प्रेरणा दिने उल्लेख गर्नुहुँदै समृद्ध र विकसित समाज निर्माण गर्न सकियोस् भन्नुभएको छ । सांसद् साम्बाले गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।

यस्तै उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण राई, लिम्बू, याक्खा, सुनुवारलगायत किराँत समुदायमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्